शेयर बजार उकालो लाग्नेक्रम नरोकिएपछि नेप्सेमा दोस्रो सर्किट

0
Shares

लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेको शेयर बजारमा दोस्रो दिन डबल सर्किट लागेको छ ।

मंगलबार कारोबार खुलेको एक घण्टा पुरा नहुँदै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो।

पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजार बढ्ने क्रमले निरन्तरता पाँउदा नेप्से ५ प्रतिशत भन्दा माथि उक्लिएपछि दोस्रो सक्रिट लागेको हो । अब बजार ४० मिनेटपछि खुल्नेछ।

दोस्रो सक्रिट लाग्नुअघि नेप्से ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ।  सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार  १२ : २५ बजे