सुन चाँदीको भाउले फेरि चुम्यो कीर्तिमानी उचाई, हालसम्मकै उच्च मूल्यमा कारोबार

0
Shares

असार १७ गते बुधबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेको छ। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेको छ।

मंगलबार तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको सुन बुधबार तोलामा ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

असार १६ गते मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै मंगलबार चाँदीको भाउ स्थिर थियो भने प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघिको सुनको उच्च मूल्य असार १५ र १६ गते छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ, तेजावी सुन ९० हजार ८६० रुपैयाँ र चाँदी असार ८ गते सबैभन्दा धेरै ८५० रुपैयाँ तोलामा कारोबार भएको रेकर्ड थियो।