प्राइम लाईफ इन्स्योरेन्स (PLIC) को असार १९ गते शुक्रबार शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले वितरण गरेको १२.५० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले १२.५० प्रतिशत बोनसपछि प्रतिकित्ता ४७१ रुपैयाँ समायोजित शेयरमूल्य तोकेको छ। बिहीबार कम्पनीका शेयर ५३० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो।
बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले असार २९ गते, सोमबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे बाह्रौं वार्षिक साधारण सभा डाकेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते बुकक्लोज गरेको हो।
यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउनेछन्।।
इन्स्योरेन्सको बोनसपछि चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया