लगातार दुई दिन घटेको सुनचाँदीको मूल्य आइतबार स्थिर

0
Shares

पछिल्लो दुई दिन बिहीबार र शुक्रबार लगातार घटेको सुनचाँदीको भाउ असार २१ गते आइतबार स्थिर बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ। शुक्रबार पनि यहि भाउमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदीको प्रतितोला १० रुपैयाँले घटेको थियोे। बिहीबार पनि सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो।

असार १७ गते नेपाली बजारमा नै सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार  ११ : १५ बजे