शेयर बजारले लय समात्यो, एकैदिन अर्ब बढीको कारोबार

0
Shares

शेयर बजार लामो समय पश्चात लयमा फर्किएको छ। लकडाउन पश्चात एकैदिन एक अर्ब बढीको कारोबार भएको आइतबार पहिलो दिन हो। असार १५ गते सोमबारदेखि नियमित शेयर कारोबार आएकोमा चारैदिन पुरा समय कारोबार हुन सकेको थिएन।

अघिल्लो साताको सोमबार र बिहीबार नकाारत्मक सर्किट लागेर बन्द भएको बजार मंगलबार र बुधबार बढेर सर्किट लाग्दा कुनैपनि दिन पुरा समय शेयर कारोबार हुन सकेको थिएन। सबैदिन ५० करोडभन्दा कमको मात्र शेयर कारोबार भएको थियो।

आइतबार शेयर बजार परिसूचक नेप्से ९.३५ अंक (०.७५%) ले बढेर १२६५.४५ बिन्दुमा पुगेको छ। आज १७२ कम्पनीका २८ लाख ६ हजार ८९८ कित्ता शेयर २० हजार ४७४ पटक खरीद बिक्री हुँदा १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले बढेर २६९.५८ मा पुगेको छ। यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ वटा हरियो भएका छन् भने ५ ऋणात्मक बनेका छन्। कारोबारमा आएका १२ उप समूहका सूचकमध्ये अन्य २.९४ र जीबन बीमाको सूचक २.९० प्रतिशतले बढेको छ। बैंकिङ्ग, होटल, निर्जीबन बीमा, उत्पादन, र लघुवित्तको सूचक १ प्रतिशतभन्दा कमले बढेका छन्।

ब्यापारको सूचक सबैभन्दा ८.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड १.८० प्रतिशत, वित्त, विकास बैंक, जलविद्युतको सूचक पनि ऋणात्मक बनेको छ।

 

नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ करोड १२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ। रि इन्स्योरेन्सको ३ लाख ८४ हजार ८२ कित्ता शेयर ९ हजार ७१३ पटक खरीद बिक्री भएको हो। आजको बजारमा नेपाल लाईफको पनि १० करोड २६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ।

यस्तै नबिल बैंक, एनएमिबि बैंक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, नागरिक लगानी कोष, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शिर्ष दश ठूलो कारोबार भएको छ। दशौं ठूलो कारोबार भएको इन्भेष्टमेन्ट बैंकको २ करोड १७ लाख ७५ हजार रुपैयाँको कारोबार भयो।

यसदिन सूर्योदय लघुवित्तको ९.८६ र जनउत्थान लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। सिनर्जी पावर, स्पर्स लघुवित्त, र नेशनल हाइड्रोपावर कम्पनीको पनि ५ प्रतिशत बढीले शेयरमूल्य बढेको छ।

घोडीघोडा लघुवित्त, नेशनल लाईफ, प्रभु इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, शिवम् सिमेन्ट शिर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएको छ। दशौं धेरै शेयरमूल्य बढेको शिवमको ४.७० प्रतिशतले शेयरमूल्य बढेको छ।

आइतबारको बजारबाट साल्ट ट्रेडिङ्ग र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। अपि पावर, नेशनल हाइड्रोपावर, जोशी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, स्वावलम्बन लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, सनराइज बैंक र गुँरास लघुवित्तको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ।