आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शेयरधनीहरुलाई डिम्याट खाता र मेरो शेयरको नविकरणको शुल्क असार मसान्तसम्म बुझाउन आग्रह गरेको छ।
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६।०७७ सम्मको डिम्याट खाता र मेरो शेयर सञ्चालन गरे बापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो।
तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने सूचनामा उल्लेख छ ।
हरेक हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको डिम्याट खाता सञ्चालन गरे बापत १०० रुपैयाँ र मेरो शेयरको वार्षिक ५० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार २०७७ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरेको हो।
ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूमा सम्पर्क राखी खाता नम्बर १७००००२०८९०१ मा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया