सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य हालसम्म कै उच्च

0
Shares

असार २९ गते सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९९० रुपैयाँ तोकेको छ।

आइतबार प्रतितोला १०० रुपैयाँले घटेको सुनको भाउ छापावाल सुनको ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भएको थियो।

असार २५ गते सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दु (प्रतितोला ९२ हजार ४०० रुपैयाँ) मा पुगेर कीर्तिमानी उचाईमा पुगेको थियो।

चाँदीको मूल्य भने सोमबार कायम भएको भाउ नै हालसम्मकै उच्च बिन्दु हो। यसअघि असार २५ गते प्रतितोला ९८० रुपैयाँमा पुगेको थियो।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार  १० : ५३ बजे