असार ३० गते मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य अर्थात ऐतिहासिक उचाईमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९९५ रुपैयाँ तोकेको छ।
आइतबार प्रतितोला १०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने प्रतितोला २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुनको भाउ ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९९० रुपैयाँमा कारोबार भएको थियो।
असार २५ गते सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दु (प्रतितोला ९२ हजार ४०० रुपैयाँ) मा कारोबार भएर कीर्तिमानी उचाईमा पुगेको थियो।
चाँदीको मूल्य सोमबार उच्च मूल्यमा कारोबार भएकोमा मंगलबार सो मूल्यलाई पनि तोडेको हो। प्रतितोला ९९५ रुपैयाँ रहेको चाँदीको भाउ हालसम्मकै उच्च बिन्दु हो। यसअघि असार २५ गते प्रतितोला ९८० रुपैयाँमा पुगेको थियो।
प्रतिक्रिया