सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँले घट्यो, चाँदीको स्थिर

0
Shares

साउन १ गते बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने बुधबारको मूल्यमा नै स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ५ रुपैयाँ तोकेको छ।

बुधबार नेपाली बजारमा सुन सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १ साउन २०७७, बिहीबार  १२ : २७ बजे