‘मौद्रिक नीतिले वर्तमान चुनौतीहरुको सम्बोधन गरेको छ’-पृथ्वी बहादुर पाण्डे

0
Shares

670नेपाल इन्भेष्ट्रमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले समग्रमा चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको प्रतिक्रिया दिएका छन् ।

नोटबजारसँग कुरा गर्दे उनले भने, ‘हामीले चाहे अनुरुप कर्जा र ब्याज भुक्तानीमा उत्पन्न हुन सक्ने समस्याको समाधानको लागि मौद्रिक नीतिले सम्बोधन गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

यसले कृषि र उर्जालाई हाम्रो अर्थव्यवस्थाको मुख्य आवश्यकता मान्दै यो क्षेत्रमा कर्जा प्रवाहको लागि पर्याप्त वातावरण सृजना गरेको छ ।’ 

‘मौद्रिक नीतिले साना तथा मझ्यौला उद्योगको बिकास र प्रबर्धन लागि बिशेष ब्यबस्था समेत गरेको हुँदा समग्रमा मौद्रिक नीतिले वर्तमान चुनौती हरुको सम्बोधन गर्नसक्ने मान्न सकिन्छ।’ उनले भने ।