लिवर्टी इनर्जीको स्थगित आईपीओ साउन ७ गतेबाट पुन: खुल्ने

0
Shares

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले लमजुङ्गबासीका लागि निष्कासन गरेको स्थगित आईपीओे साउन ७ गते बाट पुन: खुल्ने भएको छ ।

कम्पनीले यसअघि फागनु २७ गतेदेखि आईपीओ खुला गरेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो। अब उक्त आईपीओमा साउन ७ गतेदेखि साउन २१ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

कुन गाउँपालिकाका बासिन्दालाई कति ?

कम्पनीले जारी गर्ने कूल १५ लाख कित्ता शेयरमध्ये वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम आयोजनाबाट अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वडा नं। ६ र ७ ९फलेनी र डोढोडेनी गाविस० मा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ५ लाख कित्ता शेयर छुट्याइएको छ ।

यसैगरि आयोजनाबाट प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं। ११ मास्थानियलाई ५ लाख कित्ता र बाँकी ५ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाका बाँकी स्थानका सम्पूर्ण बासिन्दाहरुका लागि निष्काशन गरिने कम्पनीले विवरणपत्रमा उल्लेख गरेको छ।

प्रतिमेगावाट लागत कति ?

लिवर्टी ईनर्जी कम्पनीले ५५६ जना संस्थापक शेयरधनीको पहलमा लमजुङ्गको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र विस २१०६ वैशाख १४ गतेसम्म रहेको छ।

कम्पनीको गरिएको लगानी फिर्ता हुन ८.२० वर्ष लाग्ने तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ। कम्पनीले निविप्रासँग हिउँदमा प्रतिमेगावट ८.४० र वर्षा याममा ४.८० प्रतियुनिट दरमा विद्युत खरीदबिक्री सम्झौता गरेको छ। यो दर पाँच वर्षसम्म तीन प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ।