जम्माजम्मी ९ मिनेट चलेको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सर्किट

0
Shares

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको पहिलो दिनको शेयर सकारात्मक सर्किट लागेर बन्द भएको छ । जम्माजम्मी ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आइतबार बजार खुलेको पहिलो ६ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। पहिलो सर्किट ब्रेक पछि खुलेको बजारमा एक मिनेट पश्चात नै थप एक प्रतिशत अर्थात ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो।

दोस्रो सर्किट पछि ४० मिनेट खुलेको बजारमा लगभग दुई मिनेट कारोबार भएपछि ६ प्रतिशत माथिले नेप्से उकालो लागेपछि आइतबार पूरै दिनका लागि शेयर कारोबार स्थगित भएको छ।

एक घण्टा नौ मिनेट चलेको बजारमा ४० मिनेट कारोबार स्थगित नै भयो । जम्माजम्मी ९ मिनेट मात्र कारोबार भएको बजारमा दुई दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन सबैभन्दा गुराँस लघुवित्त वित्तीय संस्था , नेपाल इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट बैंक संस्थापक, शिखर इन्स्योरेन्स, एनआइसी एशिया बैंक तथा नबिल बैंकको शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ ।

यस्तै नागरिक लगानी कोष, नेपाल लाइफ, हिमालयन डिष्टलरी, ज्योति विकास बैंक, एनएमबि, एनसिसिबी, सेन्चुरी, मेगा, मञ्जुश्री फाइनान्स, नेपाल बैंक, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिवम सिमेन्ट, फसर््ट माइक्रोफाइनान्स लगायतको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । यसदिन कुल १११ कम्पनीको कारोबार भएकोमा सबै कम्पनीको शेयर मूल्य बढेको छ ।

Symbol LTP % Change
As of 2020-07-19 12:08:22
GLBSL 1,012.00 10
NIB 484.00 10
NIBPO 407.00 10
SICL 1,133.00 10
NICA 627.00 10
NABIL 869.00 10
CIT 2,697.00 9.99184
NLIC 1,401.00 9.9686
EBL 762.00 9.95671
HDL 1,779.00 9.95056
JBBL 188.00 9.94152
NMB 454.00 9.92736
NCCB 211.00 9.89583
CCBL 189.00 9.88372
MEGA 245.00 9.86547
MFIL 338.00 9.74026
NBL 282.00 9.72763
LBBL 206.00 9.57447
NRIC 570.00 9.40499
NICL 489.00 9.39597
SHIVM 675.00 9.2233
FMDBL 594.00 9.19118