सत्र कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा सस्तो

0
Shares

मौद्रिक नीति र धितोपत्र बोर्डको वार्षिक कार्यक्रमपश्चात कुनै कुनै स्टकको शेयरमूल्य तीन चार दिनसम्म सर्किट लाग्ने अवस्थासम्म आयो। तर शेयर बजारमा केही यस्ता कम्पनी छन् जसको शेयरमूल्य अहिले पनि अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल देखिएको छ।

साउन ७ गते बुधबार शेयर कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य १०० रुपैयाँभन्दा तल देखिएका हुन्। जसमा सबैभन्दा कम शेयरमूल्य खानीखोला हाइड्रोपावर कम्पनीको ४६ रुपैयाँ रहेको छ। यस कम्पनीमा लगानी गरेका लगानीकर्ता आजको दिनमा एक कित्तामा ५४ रुपैयाँ नोक्सानी ब्यहोरेका छन्।

घाटा ब्यहोरेका १७ कम्पनीमध्ये सबैभन्दा कम हिमालय उर्जा कम्पनीका शेयरधनीले प्रतिकित्ता २ रुपैयाँले नोक्सानी ब्यहोरेको देखिन्छ। जुन यसप्रकार रहेका छन्।

अंकित मूल्यभन्दा तल शेयरमूल्य झर्नुमा कम्पनीको व्यवस्थापकीय क्षमता, कम्पनीले गर्दै आएको प्रगति, नाफा नोक्सानको अवस्था जस्ता विभिन्न कारणहरु रहेका पाइन्छ। शेयर बजारमा भएका सबै कम्पनीहरुबाट नाफा कमाउन नसकिने हुनाले लगानी गर्दा उपयुक्त कम्पनी छनौट गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

माथिका कम्पनीहरुभित्रबाटै पनि कम्पनी विश्लेषण गरी दीर्घकालीन लगानी गर्नका लागि भने अवसर पनि देखिन्छ। आगामी दिनमा कम्पनीले गर्ने प्रगतिसँगै कम्पनीको शेयरमूल्य पनि बढ्दै जाने हुन्छ। तर खराब कम्पनीमा गरिने लगानीमा जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले लगानी गर्नुपूर्व भने आफुले लगानी गर्ने कम्पनीको समग्र अवस्थामा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ,

अर्कोतर्फ प्राथमिक शेयर (आईपीओ) को मूल्यभन्दा सस्तो मूल्यमा दोेस्रो बजारबाटै शेयर खरीद गर्न पाउनु पनि अर्को अवसर पनि हो। त्यसका लागि राम्रो कम्पनी छनौट गर्न भने त्यति सजिलो छैन।