तीब्र उतार-चढावपूर्ण बजार १० अंकले बढेर बन्द, पाँच कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares

साताको अन्तिम दिन बिहीबार तीब्र उतारचढावपूर्ण बजारका बीच नेप्से सकारात्मक भएर बन्द भएको छ। कारोबारमा आएका १८७ कम्पनीमध्ये ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भएको छ।

बिहीबार मिर्मिरे लघुवित्त, तारागाउँ रेजेन्सी होटल, र ओरियण्टल होटल र कालिका माइक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। बेष्ट फाइनान्स, शिखर इन्स्योरेन्स, घोडीघोडा लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, र गुराँस लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज नेप्से १०.१३ अंकले वृद्धि भई १ हजार ४४२. ६१ अंकमा पुगेर बन्द भएको छ। १८७ कम्पनीका ३९ लाख २९ हजार ९६९ कित्ता शेयर २८ हजार ६४९ पटक खरीद बिक्री हुँदा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँको कारोबार भयो।*

 

बुधबारको तुलनामा बिहीबार २० करोड ५३ लाख कारोबार रकम रुपैयाँले घटेको हो। बुधबार १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल, निर्जीबन बीमाको सूचक २ प्रतिशत तथा जीबन बीमा र लघुवित्तको सूचक १ प्रतिशत धेरैले बढेको छ । बैंकिङ्ग, ब्यापार, जलविद्युत, वित्त, उत्पादन, अन्य पनि सकारात्मक भएका छन्। आज विकास बैंक र म्युचुअल फण्डको सूचक भने १ प्रतिशतभन्दा कम प्रतिशतले ऋणात्मक रह्यो।

आज नेपाल पुनर्बीमा कम्पनीके सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको २ लाख १२ हजार ८८९ कित्ता शेयर ११ करोड ३२ लाख ३९ हजार रुपैयाँमा कारोबार हुँदा दोस्रो स्थानमा रहेको नेपाल लाइफको पनि १० करोड २९ लाख ५६ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

शिखर इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, नबिल बैंक, हिमालय डिष्टिलरी र एभरेष्ट बैंकको पनि धेरै कारोबार भएको छ। दशौं ठूलो कारोबार भएको एभरेष्ट बैंकको २ करोड ७४ लाखको शेयर कारोबार भयो।

आजको कारोबारमा मल्टिपपर्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.३६ र हिमालय उर्जा विकास कम्पनीको ५.१० प्रतिशतले शेयरमूल्य घटेको छ। सिन्धु विकास बैंक, जोशी हाइड्रोपावर, सानिमा बैंक डिबेञ्चर, र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ। नेपाल हाइड्रो डेभलोपर, आँखुखोला हाइड्रोपावर, सिद्धार्थ बैंक, विशाल बजार कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि गुमाएका छन्।