धितोपत्र बोर्डको रिक्त पदका लागि साउन १० गतेसम्म दरखास्त बुझाउन सकिने

0
Shares

नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने रिक्त रहेको १५ दरबन्दीहरुका लागि स्थायी पदपूर्तिका लागि साउन १० गतेसम्म दरखास्त बुझाउन सकिने भएको छ।

बोर्डको पदपूर्ति समितिले सरकारले साउन ७ गतेदेखि लकडाउनको अन्त्य भएको जानकारी दिएपछि नयाँ मिति तोकेको हो।

यसअघि फागुन १६ गते प्रकाशित सूचनामा २०७६ चैत्र ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०७६ चैत्र १३ गतेसम्म दरखास्त बुझाउने मिति तोकिएको थियो। तर चैत ११ देखि सरकारले देशभर लकडाउन गरेसँगै दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने नयाँ मिति साउन १० गतेसम्म तोकेको हो ।

पदपूति समितिले सार्वजनिक गरेको सूचनामा दरखास्त बुझाउने अन्तिम दिन बिदा पर्न गएमा कार्यालय खुलेको अर्कोदिनसम्म दरखास्त बुझाउन सकिने उल्लेख गरिएको र साउन १० गते शनिबार परेकाले साउन ११ गतेसम्म बुझाउन सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ साउन २०७७, बिहीबार  १७ : ०४ बजे