सांग्रिला र महालक्ष्मी विकास बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कोभिड असरपछि नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाएपछि अधिकांश बैंकले कर्जासँगै निक्षेपमा प्रदान गर्दै आइरहेका ब्याजदर घटाएर नयाँ ब्याजदर लागू गरेका हुन्।

सोमबार प्रकाशित सूचना अनुसार सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले साधारण बचत खातामा ४ देखि ५.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ। बैंकले कल निक्षेपमा १ प्रतिशत र संस्थागत कल अकाउन्टमा भने अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ।

नयाँ ब्याजदर अनुसार बैंकले छ प्रकारका खातामा ५.५० प्रतिशत, तीन प्रकारका खातामा ५ प्रतिशत, चार प्रकारका खातामा ४.५० प्रतिशत, आठ प्रकारका खातामा ४ प्रतिशत ब्याज दिने जनाएको छ।

यस्तै बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७.२५ प्रतिशत, ६ महिनामा ७.५० प्रतिशत, १ वर्ष अवधिमा ७.७५ प्रतिशत ब्याजदर दिने भएको छ। संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६.२५ प्रतिशत, ६ महिनामा ६.५० प्रतिशत, १ वर्ष अवधिमा ६.७५ प्रतिशत ब्याजदर दिने जनाएको छ।

यस्तै कर्जा लगानीतर्फ पनि बैंकले अधिकांशमा आधार ब्याजदरमा ४ देखि ५.५० प्रतिशत प्रिमियम रेटमा उपलब्ध गराउने जनाएको छ। विपन्न वर्ग कर्जामा भने बैंकले कर्जाको प्रकृति हेरी आधार ब्याजदरमा ५.५० देखि ७.५० प्रतिशत प्रिमियम चार्ज गर्ने जनाएको छ।

बैंकले शेयर धितो कर्जा, सुनचाँदी धितोमा प्रवाह हुने कर्जा, व्यक्तिगत गाडी कर्जा, घरकर्जामा ४.५० प्रतिशत प्रिमियममा र ओभरड्राफ्ट, र ग्यारेन्टी लोनमा ५.५० प्रतिशत प्रिमियम लाग्ने जनाएको छ। इजिटर्म, हायर पर्चेज लोन, एजुकेशन, वैदेशिक रोजगार कर्जामा ५ प्रतिशत प्रिमियम तोकिएको छ।

कर्पोरेटतर्फ टर्मलोन, भेइकल लोन, एसएमई लोन (टर्म), एग्रिकल्चर लोन (टर्म), इन्डट्रिज लोन (टर्म), इनर्जी लोन (टर्म), र टुरिजम् लोन (टर्म) मा ४ प्रतिशत प्रिमियममा नै कर्जा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ।

बिजनेस लोन (ओडी), एसएमई लोन (ओडी), डिमान्ड लोन (ओडी), एग्रिकल्चर लोन (ओडी), इन्डट्रिज लोन (ओडी), इनर्जी लोन (ओडी), टुरिजम् लोन (ओडी) मा ४.५० प्रतिशत र रियल स्टेट टर्ममा ५ तथा ओडिमा ५.५० प्रतिशत प्रिमियम चार्ज लाग्ने बैंकले जनाएको छ।

असार मसान्तमा सांग्रिला डेभलपमेन्ट बैंकको आधार ब्याजदर ९.९९ प्रतिशत रहेको छ।

उता महालक्ष्मी विकास बैंक (MLBL) ले पनि सोमबारदेखि लागू हुने गरी मुद्दती निक्षेप र कर्जाको ब्ब्याजदर परिवर्तन गरेको छ।

बैंकका अनुसार अब बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७.२५ प्रतिशत, ६ महिनामा ७.५० प्रतिशत, र १ वर्ष अवधिको मुद्दती निक्षेपमा ७.७५ प्रतिशत ब्याजदर पाउनेछन्। संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६.प्रतिशत, ६ महिनामा ६.५० प्रतिशत, १ वर्ष अवधिमा ६.७५ प्रतिशत ब्याजदर दिने जनाएको छ। ब्याज भुक्तानी मासिक।वार्षिक रुपमा हुने बैंकले जनाएको छ।

यस्तै कर्जा लगानीकतर्फ आधार ब्याजदरमा अधिकतम ६ प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकका अनुसार शेयर धितो कर्जा, सुनचाँदी धितो, घरकर्जा, शैक्षिक कर्जा, हायर पर्चेज, अटो लोन, विपन्नवर्ग कर्जा (व्यक्तिगत), एग्रिकल्चर लोन, व्यक्तिगत लोन (टर्म।ओडी), र अन्य कर्जामा अधिकतम ६ प्रतिशत प्रिमियम तोकिएको छ।

महालक्ष्मी उद्यमशिल कर्जा, विजनेश, इन्डष्ट्रियल टर्म लोन, ओडी, ओर्किङ्ग क्यापिटल र सर्ट टर्म लोनमा ५.५० प्रतिशत मात्र प्रिमियम लाग्ने बैंकले जनाएको छ। मुद्दती निक्षेपमा प्रवाह हुने कर्जा, सरकारी ऋणपत्र तथा धितोपत्रमा प्रवाह हुने कर्जामा कुपन रेटमा २ प्रतिशत प्रिमियम लाग्ने जनाएको छ।
सहवित्तीयकरणमा प्रवाह हुने कर्जामा भने आपसी समझदारीबाट कायम गरिने प्रिमियम लागू हुने जनाइएको छ।

असार मसान्तमा महालक्ष्मी विकास बैंकको आधार ब्याजदर ९.९५ प्रतिशत रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।