सुनको भाउ प्रतितोला एक लाख नजिक, चाँदीको पनि हालसम्मकै उच्च

0
Shares

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १२ गते सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तथा चाँदी एक हजार २१० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार २ सय तथा चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय, तेजाबी ९५ हजार ८६० तथा चाँदीको भाउ प्रतितोला एक हजार १५५ रुपैयाँ थियो। ।

 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ । सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा शेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ । सरकारले बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाई छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।