प्रि-ओपनिङ्गमा ११ कम्पनीको मूल्य बढ्यो, अजोड इन्स्योरेन्सको भएन कारोबार

0
Shares

बुधबारको सुरुवाती शेयर कारोबार समय (प्रि-ओपनिङ्ग सेसन) समयमा कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढे पनि नेप्से भने घटेको छ ।

प्रि ओपनिङ्ग सेसनमा १७ कम्पनीका ९५६ कित्ता शेयर कारोबार भएको छ। ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको घट्दा २ को स्थिर छ । यस दिन पनि अजोड इन्स्योरेन्सको कारोबार भएन् ।

यस अवधिमा नेप्से सूचक २.३७ अंकले घटेर १४५२.५२ अंकमा झरेको छ ।

हरेक दिने नेप्सेमा १०:३० देखि १५ मिनेटसम्म अर्थात १०:४५ बजेसम्म प्रि ओपनिङ्ग सेसन चल्ने गर्दछ। यो समयमा हाल अधिकतम ५ प्रतिशतसम्म तल र माथिसम्म मूल्य राखेर कारोबार गर्न सकिन्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।