सुनको मूल्य कीर्तिमानी उचाइमा, तोलाकै ३०० बढ्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा आइतबार प्रतितोला ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ । यस्तै चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ। चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १८ गते आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ, तेजावी ९८ हजार ८६५ रुपैयाँ तथा चाँदी १ हजार २०० रुपैयामा काारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतबार  ११ : १५ बजे