अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि २१ अंकले घट्यो नेप्से

0
Shares

नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या आउँदा नेप्से सूचक २१ अंक बढीले घटेको छ । कारोबार प्रणालीमा समस्या आए पनि यसदिन १ अर्ब २३ करोड बढीको शेयर किनबेच भएको छ ।

नियमित समयभन्दा ४५ मिनेट ढिलो खुलेको बजारमा शेयर लगानीकर्ताले प्रयोग गर्ने अनलाइन टीएमस र नेप्सेको वेबसाइटमा देखिने सूचकमा फरक भएपछि लगानीकर्ता सही सूचना पाउनबाट बञ्चित भएका थिए ।

नेप्सेको वेबसाइट र टीएमएसमा फरक-फरक सूचक मापन भएपछि कुन सूचक सही हो भन्नेमा लगानीकर्तामा दुविधा रहँदा बजार प्रभाबित बन्न पुग्यो । बुधबार बजार बन्द हुने समयसम्म नेप्से सूचक २१.६१ अंकले घटेर १३८२.२५ अंकमा झरेको छ । कुल १८६ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब २३ करोड ३९ लाख बराबरको शेयर किनबेच भयो ।

यसदिन अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको शेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ भने आँखुखोला र घलेम्दी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ साउन २०७७, बुधबार  १६ : १७ बजे