मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

0
Shares

मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीका लागि सम्झौता भएको छ ।

उक्त सम्झौताबमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंककोे छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।