स्पर्स लघुवित्तको नाफा साढे ८४% ले बढ्यो, प्रतिशेयर आम्दानी ३०.७४ रुपैयाँ

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो खुद नाफामा सुधार गरेको छ। लकडाउनको बाबजुत पनि लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ८४ प्रतिशतले बढेको छ ।

लघुवित्तले असार मसान्तसम्ममा २ करोड ८८ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिमा यस्तो नाफा १  करोड ५६ लाख १३ हजार थियो। गत असार मसान्तसम्ममा लघुवित्तले २१ करोड ४३ लाख बचत संकलन र ७१ करोड २० लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब २ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तले १३ प्रतिशत बढीले कर्जा विस्तार गरेको छ।

७० शतप्रतिशत बढीले खुद ब्याज आम्दानी र अन्य आम्दानी वृद्धिसँगै लघुवित्तको नाफामा सुधार आएको हो। लघुवित्तले हाल ७ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ८९ लाख छ।

Particulars (In Rs ‘000) Sparsha Laghubitta
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 93,748.19 82,963.00 13.00%
Reserve & Surplus 36,776.12 15,827.52 132.36%
Deposits 214,389.70 166,706.31 28.60%
Borrowings 712,005.19 685,883.90 3.81%
Loans & Adv 1,020,339.99 903,843.74 12.89%
Net Interest Income 75,268.48 44,178.52 70.37%
Operating Profit 38,917.90 22,863.27 70.22%
Net Profit 28,817.39 15,613.67 84.57%
NPL (%) 1.76 0.49  
EPS (In Rs.) 30.74 18.82 63.33%
Net Worth per Share (In Rs.) 139.23 119.08 16.92%
PE Ratio (times) 29.77

 

यस्तै लघुवित्तको खराब कर्जा अनुपातमा पनि वृद्धि भएको छ। असार मसान्तसम्ममा ०.४९ प्रतिशतबाट १.७६ प्रतिशतमा निष्क्रिय कर्जा बढेको हो। खराब कर्जाबापतको व्यवस्थामा ७९ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ। लघुवित्तको चुक्ता पूँजी बोनस पश्चात १३ प्रतिशतले बढेर ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३०.७४ रुपैयाँ छ।

लघुवित्तको जगेडा कोषको आकार १३२ प्रतिशतले बढ्दा ३ करोड ६७ लाख पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.७७ गुणा छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।