एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अर्याल नियुक्त

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (NCCB) बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् ।

बैंकको साउन १९ गते बसेको ८०२ औँ संचालक समितिको बैंठकले अर्याललाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्यालको दोस्रो कार्यकाल असोज १ गतेबाट लागू हुनेछ । उनले आगामी चार वर्षसम्म एनसीसी बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् ।

अर्याल यसअघि २०७३ असोज १ गते उक्त बैंकको सीईओमा नियुक्त भएका थिए । अर्यालसँग ३० वर्ष लामो बैंकिङ अनुभव छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।