ऐतिहासिक उचाइमा पुगेको सुनको भाउ घट्न थाल्यो

0
Shares

नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख २ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय १० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ, तेजावी १ लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ मा काराबोर भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।