सुनको भाउ दुईदिनमा प्रतितोला एक हजार एक सयले घट्यो

0
Shares

नेपाली बजारमा नयाँ कीर्तिमानी कायम गरेको सुनको भाउ घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी १ लाख १ हजार ९ सय रुपैयाँ तथा चाँदी १ हजार ३ सय ९५ रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख २ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
गत बिहीबार सुन प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको. थियो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १० : ४३ बजे