सुनको मूल्य लगातार तेस्रो दिन घट्यो, चाँदीको हालसम्मकै उच्च

0
Shares

नेपाली बजारमा नयाँ कीर्तिमानी कायम गरेको सुनको भाउ लगातार तेस्रो दिन घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख १ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय ३५ रुपैयाँ तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी १ लाख १ हजार ९ सय रुपैयाँ तथा चाँदी १ हजार ३ सय ९५ रुपैयाँ कारोबार भएको थियो ।

गत बिहीबार सुन प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार  ११ : ०० बजे