ग्लोबल आईएमई लघुवित्तको अधिकांश सूचकमा सुधार, EPS ३० रुपैयाँ

0
Shares

गत आर्थिक वर्ष ०७६/०७७ मा ग्लोबल आईएमई लघुवित्तले ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलानमा १४.३० प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष संस्थाले ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत असार मसान्तसम्ममा १ अर्ब ३१ करोड निक्षेप र २ अर्ब ५७ करोड रुपैयाँ सापटीबाट ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तले २६ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ८३.५० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष यसले १४ करोड ३१ लख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै सञ्चालन नाफा २०.५ प्रतिशतले बढेर १२ करोड ३७ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १० करोड २६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको खराब कर्जा भने ०.४३ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ८ करोड १८ लाख रुपैयाँ छुट्याएको छ।

लघुवित्तको चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा १६ करोड २० लाख ७४ हजार रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०३ पैसा तथा प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५४ पैसा छ । मूल्य आम्दानी अनुपात ४३.९० गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।