फरवार्ड माइक्रोफाइनान्सको व्यवसाय र आम्दानी घटेर नोक्सानी व्यवस्था बढ्दा नाफा प्रभावित

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को गत आर्थिक वर्ष २०७६/७७ मा व्यवसायको आकार खुम्चिएर ब्याज आम्दानी घटेसँगै कम्पनीको खुद नाफा प्रभावित भएको छ ।

यस्तै कम्पनीको सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको कारण पनि लघुवित्त कम्पनीको नाफामा १६.७० प्रतिशतको गिरावट आएको छ।

गत आव २०७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख रुपैयाँ घटेर २५ करोड ११ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवमा लघुवित्तले ३० करोड १४ लाख २९ हजार नाफा कमाएको थियो।

आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १०.०६ रुपैयाँले घटेको छ । बोनस पूँजीकरण नगरेका कारण समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० करोड ४ लाख १५ हजार रुपैयाँमा स्थिर रहँदा पनि वार्षिक प्रतिशेयर आम्दानी ६०.२४ रुपैयाँबाट घटेर ५०.१८ रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्ममा लघुवित्त कम्पनीले ५ अर्ब ६१ करोड १७ लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ९५ करोड ४ लाख रुपैयाँ सापटी लिएर ११ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको निक्षेप २१.४२ प्रतिशतको बढोत्तरी हुँदा सापटी ५.१९ र कर्जा लगानीमा १.२२ प्रतिशतले घटेको छ।

Particulars  Forwad Community Microfinance Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 500,415.00 500,415.00 0.00%
Reserve & Surplus 924,274.00 764,577.00 20.89%
Net Profit 251,100.00 301,429.00 -16.70%
EPS (In Rs.) 50.18 60.24 -16.70%
Net Worth per Share (In Rs.) 284.70 252.79 12.62%
Deposits 5,611,778.00 4,621,659.00 21.42%
Borrowings 5,950,440.00 6,276,289.00 -5.19%
Loans & Advances 11,675,797.00 11,820,501.00 -1.22%
Net Interest Income 735,206.00 750,674.00 -2.06%
Provision for possible losses 138,152.00 50,338.00 174.45%
Operating Profit 394,489.00 476,887.00 -17.28%
NPL (%) 4.67 0.47 893.62%
PE Ratio (times) 32.90 18.62 76.69%

 

व्यवसाय विस्तार भए पनि राष्ट्र बैंकले घोषणा गरेको ब्याज छुट तथा कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणका कारण लघुवित्तको खुद ब्याज आम्दानीमा २ प्रतिशतको गिरावट देखिएको छ। यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ४.२० प्रतिशतले बढेर ४.६७ प्रतिशत कायम भएको छ। खराब कर्जा अनुपात बढ्दा लघुवित्तको जोखिम व्यवस्था ८ करोड ७८ लाखले बढेर १३ करोड ८१ लाखमा पुगेको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.९० गुणा, र कोषको लागत १०.०१ प्रतिशत छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।