धितोपत्र बजारसँग सम्बद्ध सबै कर्मचारीको कोरोना बीमा गराउन बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग सम्बद्ध सबै कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।

बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, शेयर ब्रोकर कम्पनी तथा रेटिङ एजेन्सीहरुलाई तीन दिनभित्र सबै कर्मचारीहरुको कोरोना बीमा गराउन निर्देशन जारी गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुनुसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न धितोपत्र बजारसँग सम्बद्ध संचालक तथा सबै कर्मचारीको अनिवार्य रुपममा संस्थाकै खर्चमा बीमा गराउन निर्देशन दिइएको बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । साथै बीमा गराइएको बारे जानकारी तीनदिन भित्र बोर्डलाई गराउन भनिएको पनि केसीले बताए ।

सरकारको मापदण्ड अनुसार कुनै कर्मचारीहरु आइसोलेशन वा क्वारेन्टाईनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने र बिदामा बस्दाको तलब कट्टा नहुने गरी बिदा उपलब्ध गराउन समेत बोर्डले निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।