मन्त्रिपरिषद्को सोमबारको बैठकबाट सरकारले तीन देशमा राजदूत सहित अन्य विभिन्न संस्थामा रिक्त रहेको पदहरुमा नियुक्ती गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले गेहेन्द्र राजभण्डारीलाई युरोपियन युनियन (इयू) हेर्ने गरी बेल्जियमका लागि नेपाली राजदूतमा, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि नेपाली राजदूतमा नियुक्ती गरिएको जानकारी दिए।
यस्तै, बैठकले राजश्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरेको खतिवडाले जानकारी दिए ।
यसैगरी प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल), युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा. देवराज रोक्का र समाज कल्याण परिषदमा रिक्त कोषाध्यक्ष पदमा लोकमान सुवेदीलाई मनोनयन गरिएको छ।
प्रतिक्रिया