सुनको मूल्य फेरि एक लाख तल झर्यो, कारोबार भने ठप्प

0
Shares

नेपाली बजार निरन्तर बढीरहेको सुनको भाउ बिहीबार घटेर फेरि एक लाख रुपैयाँ तल झरेको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक हजार ६०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

बुधबार सुनको मूल्य स्थिर रही सुन प्रतितोला एक लाख ४०० रुपैयाँ कायम थियो । यसैगरी चाँदीको मूल्य पनि बिहीबार तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि नेपाली बजारमा पनि घटेको छ । बिहीबार प्रति आउन्स एक हजार ९४७ बराबर डलरमा सुन किनबेच भइरहेको छ ।

सुनचाँदी व्यवसायीका अनुसार सुनको मूल्य तोकिएपनि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरिएकाले कारोबार भने ठप्प जस्तै छ । निषेधाज्ञा जारी नगरिएका जिल्लाहरुमा पसल खुलेपनि किनबेच हुन नसकेको व्यवसायीको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीबार  १२ : १४ बजे