लिवर्टी इनर्जीको आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

लिवर्टी इनर्जी कम्पनीले निष्कासन गरेको आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३ गतेदेखि साढे ३७ करोडको आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शनिबारसम्ममा कम्पनीको आईपीओ सबै बिक्री भइसकेको छ । कम्पनीमा एक लाख ५० हजार बढी आवेदकले ५१ करोड बढीको शेयर माग गरी आवेदन गरिसकेका छन्। फाइनल डेटा अझै बढी हुनसक्ने क्यापिटलले जनाएको छ ।

लिवर्टीको आइपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतम २ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ। कम्पनीको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

सर्वसाधारणमा शेयर जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व ५० करोड हुनेछ । जसमध्ये संस्थापक समूहको ७५ प्रतिशत हुनेछ भने सर्वसाधारणको २५ प्रतिशत हुनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।