सुनको मूल्य फेरि घट्न थाल्यो, आइतबारका लागि कति तोकियो भाउ ?

0
Shares

नेपाली बजार पछिल्ला केहि दिन यता सुनको भाउ घट्न थालेको छ ।

अघिल्लो कारोबारकोे तुलनामा आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसागत शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक जहार ३४५ रुपैयाँमा कायम गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि घटेको छ ।

सुनचाँदी व्यवसायीका अनुसार सुनको मूल्य तोकिएपनि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरिएकाले कारोबार भने ठप्प जस्तै छ । निषेधाज्ञा जारी नगरिएका जिल्लाहरुमा पसल खुलेपनि किनबेच हुन नसकेको व्यवसायीको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भदौ २०७७, आइतबार  ११ : ४२ बजे