शेयर बजारमा निषेधाज्ञाको बीच दोहोरो अंकको सुधार, कारोबार एक अर्ब १२ करोड माथि

0
Shares

काठमाण्डौं उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि निषेधाज्ञा गरिएपछि बिहीबार सामान्य अंकले वृद्धि भएको शेयर बजारमा आइतबार भने दोहोरो अंकको सुधार आएको छ।

कोराना भाइरसका बीच विश्व शेयर बजारमा पनि बढिरहेको बेला नेपाली बजारमा पनि सोही लय देखिएको छ। बिहीबार ३९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आइतबार करिब ३ गुणा अर्थात १ अर्ब १० करोड ८० लाख ५३ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १२.७७ प्रतिशतले १ हजार ४१० दशमलव ३४ बिन्दुमा पुगेर बन्द भएको छ । यस्तै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स १.१९ अंकले बढेर २८९.५५ बिन्दुमा पुगेको छ । शेयर बजारमा सुधार आएसँगै १८ खर्ब ६१ अर्ब ७१ करोड ६९ लाखमा पुगेको छ। यस्तै फ्लोट पूँजीकरण ६ खर्ब ६० अर्ब ३० करोड २९ लाख रहेको छ।

आज कूल १८४ वटा कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर १६ हजार ५७९ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँको कारोबार भएको छ । आज ‘इन्ट्रा डे हाई‘ मा शेयर बजार बन्द भएको छ।

सरकार र धितोपत्र बोर्डले पूँजीबजारलाई प्रविधिमैत्री बनाउने कार्यलाई अगाडि बढाएसँगै शेयर बजारका लगानीकर्ता पनि विस्तारै प्रविधिमा अभ्यस्त हुन थालेका छन्। जसले निषेधाज्ञाका बीचमा पनि लगानीकर्ताले घरबाटै कारोबार गर्दा पनि कारोबार रकम १ अर्ब नाघेको छ।
सरकारले बुधबार रातिदेखि एक साताका लागि उपत्यकामा निषेधाज्ञा लगाएपनि कारोबार रकम बढ्दै जानुले पनि लगानीकर्ता प्रविधिसँग विस्तारै अभ्यस्त हुँदै आएको देखिन्छ।

नेप्सेले जनाए अनुसार ब्यापार, म्युचुअल फण्ड र जलविद्युत कम्पनीको उप समूहको बाहेक ९ उपसमूहको इन्डेक्स सकारात्मक बनेको छ। आज निर्जीबन बीमाको सूचक सबैभन्दा धेरै ३.४६ प्रतिशत, उत्पादन ३.२७ प्रतिशत र जीबन बीमा २.०४ प्रतिशत, र होटलको सूचक १.६० प्रतिशतले बढेको छ। अन्य समान्य बढेका छन्।

Symbol Turnover Closing Price
As of 2020-08-23 15:00:00
NIL 146,403,819.00 726.00
SHIVM 71,987,381.00 631.00
NRIC 66,811,330.00 596.00
NLIC 57,456,685.00 1,362.00
PRIN 42,497,551.00 538.00
NICL 35,339,014.00 484.00
PIC 35,161,918.00 696.00
NBL 25,200,538.00 281.00
CIT 24,525,872.00 2,865.00
SLICL 24,303,216.00 470.0

आज नेको इन्स्योरेन्सको सबैभन्दा धेरै १४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कम्पनीको २ लाख ७ हजार ३३ कित्ता शेयर १ हजार २९७ पटक खरीद बिक्री भएका छन्। कम्पनीको ७.२४ प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता ७२६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ।

यसैगरी शिवम् सिमेन्टसको ७ करोड १९ लाख, नेपाल रि इन्स्योरेन्सको ६ करोड ६८ लाख, नेको इन्स्योरेन्स ५ करोड ७६ लाख, नेपाल लाईफ ५ करोड ७४ लाख, र प्रभु इन्स्योरेन्सको ४ करोड २४ लाखको शेयर कारोबार भयो। नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेपाल बैंक, नागरिक लगानी कोष र सूर्या लाइफ पनि ठूलो कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

Gainers-Symbol LTP Point Change % Change
As of 2020-08-23 15:00:00
SFCL 146.00 13 9.77
NIL 726.00 49 7.24
TRH 213.00 13 6.50
RBCLPO 8,649.00 518 6.37
PIC 696.00 39 5.94
SIL 665.00 35 5.56
GHL 59.00 3 5.36
SHIVM 631.00 32 5.34
PRIN 538.00 24 4.67
IGI 496.00 22 4.64

 

आजको कारोबारमा समृद्धि फाइनान्सको शेयरमूल्य ९.७७ प्रतिशत (१३ रुपैयाँ) ले बढेर १४६ रुपैयाँ पुगेको छ। नेको इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, राष्ट्रिय बीमा कम्पनी संस्थापक, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्टसका लगानीकर्ताले ५ प्रतिशत माथि प्रभु इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि ४ प्रतिशत धेरेले बढेको हो।

Losers-Symbol LTP Point Change % Change
As of 2020-08-23 15:00:00
PMHPL 78.00 -3.00 -3.70
UNHPL 59.00 -2.00 -3.28
SDLBSL 822.00 -23.00 -2.72
SJCL 134.00 -3.00 -2.19
KKHC 48.00 -1.00 -2.04
DHPL 49.98 -1.02 -2.00
SLBS 918.00 -17.00 -1.82
CFCL 120.00 -2.00 -1.64
GMFIL 123.00 -2.00 -1.60
CMF1 10.14 -0.15 -1.46

उता पञ्चकन्या माइ हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घट्दा साधना लघुवित्त, सान्जेन जलविद्युत, खानीखोला हाइड्रोपावर, दीब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशत माथि र सूर्योदय लघुवित्त, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट र सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य पनि साढे १ प्रतिशत धेरैले घटेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।