आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा कवि फुयाँल नियुक्त

0
Shares

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले भदौ ३ गते फुयाँललाई सीइओ नियुक्त गरेको हो । उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् ।

आजै, कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको शपथ लिँदै उनले आफूसँग भएको कार्यानुभवको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुयाँलले आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे। कम्पनीको दिगो र विश्वसनिय प्रगतिका लागि काम गर्ने उनको भनाइ थियो।

लक्ष्मी बैंकबाट १३ वर्षअघि बैंकिङ सेवाबाट आफ्नो करियर सुरु गरेका फुयाँलले बीमा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेर काम गरि अनुभव गरिसकेका छन्।

पछिल्लो समय उनी विभिन्न बीमा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत रहँदै आएका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ३ वर्ष एक महिना चिफ मार्केटिङ अफिसरका रुपमा काम गरेका थिए। सो पछि उनी आइएमई लाइफको कमाण्ड सम्हाल्न आईपुगेका हुन् । फुँयालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।