सुनको मूल्य घट्ने क्रम जारी, सोमबारका लागि कति तोकियो भाउ ?

0
Shares

नेपाली बजार पछिल्ला केहि दिन यता सुनको भाउ निरन्तर घट्न थालेको छ ।

अघिल्लो कारोबारकोे तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसागत आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक जहार ३२० रुपैयाँमा कायम गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपछि नेपाली बजारमा पनि घटेको छ ।

सुनचाँदी व्यवसायीका अनुसार सुनको मूल्य तोकिएपनि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरिएकाले कारोबार भने ठप्प जस्तै छ । निषेधाज्ञा जारी नगरिएका जिल्लाहरुमा पसल खुलेपनि किनबेच हुन नसकेको व्यवसायीको भनाई छ ।