बजार खुलेको एक घण्टामा झण्डै आधा अर्बको कारोबार, ११३ कम्पनीको शेयर भाउ बढ्यो

0
Shares

देशभरका ४७ बढी जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा घर घरबाट शेयर कारोबार गर्नेहरुको संख्यामा उल्लेखीय वृद्धि देखिएको छ । अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा समेत सकारात्मक प्रभाव परेको छ।

कोराना भाइरसका बीच विश्व शेयर बजारमा पनि बढिरहेको बेला नेपाली बजारमा पनि सोही लय देखिएको छ। सोमबार बजार खुलेको पहिलो एक घण्टामा नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकम समेत झण्डै आधा अर्ब पुगेको छ ।

सोमबार दिउँसो १२ बजेसम्म नेप्से परिसूचक १३.४० अंकले बढेर १ हजार ४२३ दशमलव ७५ बिन्दुमा उक्लिएको छ । शेयर बजारमा सुधार आएसँगै यसअवधिमसम्म १६३ कम्पनीको ४७ करोड बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ । ३७ कम्पनीको भाउ घट्दा १३ कम्पनीको यथावत रहेको छ । कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक रहेको छ ।

सरकार र धितोपत्र बोर्डले पूँजीबजारलाई प्रविधिमैत्री बनाउने कार्यलाई अगाडि बढाएसँगै शेयर बजारका लगानीकर्ता पनि विस्तारै प्रविधिमा अभ्यस्त हुन थालेका छन्। जसले निषेधाज्ञाका बीचमा पनि लगानीकर्ताले घरबाटै कारोबार गर्दा पनि कारोबारमा दैनिक सुधार आउन थालेको छ ।

सरकारले बुधबार रातिदेखि एक साताका लागि उपत्यकामा निषेधाज्ञा लगाएपनि कारोबार रकम बढ्दै जानुले पनि लगानीकर्ता प्रविधिसँग विस्तारै अभ्यस्त हुँदै आएको देखिन्छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमबार  १२ : ०८ बजे