घर घरबाट शेयर कारोबार हुँदा फेरियो बजारको माहोल, २ अर्ब बढीको कारोबार

0
Shares

देशभरका ४७ बढी जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा घर घरबाट शेयर कारोबार गर्नेहरुको संख्यामा उल्लेखीय वृद्धि हुँदा बजारको माहोल समेत फेरिएको छ ।

अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा यसको सकारात्मक प्रभाव परेको छ। लकडाउनले शेयर बजार प्रविधिमैत्री बन्दै जादा कारोबारमा समेत बढोत्तरी आउन थालेको छ ।  

कारोबार रकमसँगै नेप्सेमा पनि दोहोरो अंकको सुधार देखिएको छ । बन्दाबन्दीले बजारका अन्य लगानीक्षेत्र संकुचीत हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ । प्रविधिमैत्री बजारमा लगानीकर्ता अभ्यस्त बन्दै जादाको असर नेप्सेमा देखिएको छ ।

लकडाउनका कारण घरमै थुनिएका लगानीकर्ताहरुले अनलाइनको अभ्यास गर्दा पनि कारोबारमा सुधार देखिएको छ ।

सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १ हजार ४३१ दशमलव ६० बिन्दुमा उक्लिएको छ । यसदिन १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २ अर्ब १३ करोड ९२ लाख बराबरमा किनबेच भएको छ । दिनभरमा २७ हजार ५६६ पटक शेयर किनबेच भएको छ । कारोबार संख्या पनि बढ्न थालेकाले शेयर बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताहरु बढ्न थालेको आँकलन गर्न सकिन्छ ।

सरकार र धितोपत्र बोर्डले पूँजीबजारलाई प्रविधिमैत्री बनाउने कार्यलाई अगाडि बढाएसँगै शेयर बजारका लगानीकर्ता पनि विस्तारै प्रविधिमा अभ्यस्त हुन थालेका छन्। जसले निषेधाज्ञाका बीचमा पनि लगानीकर्ताले घरबाटै कारोबार गर्दा पनि कारोबारमा दैनिक सुधार आउन थालेको छ ।

यसदिन कारोबारमा आएका होटल बाहेक सबै समूहको सूचक सकारात्मक रहेको छ। विशेष गरी बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । वाणिज्य बैंक समूह पनि १६ अंक बढीले उकालो लागेको छ ।

सोमबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ६।९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ २.२५ प्रतिशतले घटेको छ ।

खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ र तेस्रोमा नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

Index Current Points Change %Change  
NEPSE 1,431.60 21.26 1.51  
Sensitive 293.14 3.59 1.24  
Float 100.15 1.53 1.55  
Sen. Float 96.64 1.34 1.4  
 
Sub-Indices Current Points Change %Change  
Banking 1,199.67 16.08 1.36  
Trading 878.03 13.73 1.59  
Hotels 1,519.70 1.43 0.09  
Development Bank 1,752.73 17.16 0.99  
HydroPower 956.86 7.22 0.76  
Finance 665.26 3.7 0.56  
Non Life Insurance 7,097.22 128.69 1.85  
Manu.& Pro. 2,849.66 64.91 2.33  
Others 844.86 12.36 1.48  
Microfinance 2,434.90 55.73 2.34  
Life Insurance 8,856.93 162.87 1.87  
Mutual Fund 10.58 0.03 0.29  
 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमबार  १५ : २० बजे