लिबर्टी ईनर्जीको आईपीओ सोमबार बाँडफाँड हुने, कसले कति पाउँछ ?

0
Shares

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ बाँडफाँड गर्न लागिएको हो ।

कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । मंगलबार इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा परेकाले मेरो शेयरमा लोड नपरोस भन्नका लागि सोमबार बाँडफाँड गर्न सुझाएको सिडिएसीले जनाएको छ । धितोपत्र बोर्डले पनि कम्पनीको आईपीओ सोमबार बाँडफाँड गर्न अनुमति दिएको कम्पनीले जानकारी दिएको छ । 

कसले कति पाउँछ ?

उक्त आइपीओमा १ लाख ८८ हजार ४९९ आवेदकबाट ७३ करोड बढीको शेयर माग भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने अधिकांस आवेदकले २० कित्ता शेयर पाउने देखिन्छ ।

तर, १० कित्ताका लागि मात्र आवेदन गर्नेहरुको संख्याको आधारमा कतिले २० कित्ता पाउने भन्ने एकिन हुन्छ । यदि १० वा २० कित्ताका लागि मात्र आवेदन गर्नेहरुको संख्या धेरै भएमा केहि आवेदकहरुले ३० कित्ता वा सो भन्दा बढी शेयर समेत पाउने सम्भावना रहन्छ ।

कम्पनीको शेयर कसले कति पाउँछ भन्ने अन्तिम निक्र्यौल १०, २० र ३० कित्ताका लागि कति संख्यामा आवेदन परेको छ त्यसले निर्धारण गर्ने भएकाले न्यून कित्तामा आवेदन गर्नेको संख्या उच्च भएमा केहि आवेदकहरुले ठूलो संख्यामा पनि शेयर हात पार्न सक्ने अवस्था रहन्छ । आईपिओमा कसरी आवेदन परेको छ भन्ने कुराले कसले कति शेयर पाउने भन्ने निर्धारण हुने भएकाले एकिन जवाफका लागि बाँडफाँड नै कुर्नुपर्ने हुन्छ ।

कम्पनीले स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरेर सर्वसाधारणमा ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर जारी गरेको थियो।

कम्पनीले कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।