कर्जाको ब्याजदर आगामी दिनमा झनै सस्तो हुन्छ : गभर्नर दास

0
Shares

रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले आगामी दिनमा पनि ब्याजदरमा कटौति गर्ने संकेत गरेको छ । आरबीआईले अहिलेको अवस्था अनुसार लिनुपर्ने कदमहरुमा ब्याजदर कटौति होस् वा अन्य नीतिगत व्यवस्था अझै बाँकी रहेको गभर्नर शक्तिकान्त दासले बताएका हुन् ।

कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रलाई बचाउनका लागि अबलम्बन गरेका उपायहरुलाई तत्काल नहटाइने समेत आरबीआईका गभर्नर दासको भनाई छ । “भारतीय बैंकिङ प्रणाली बलियो र स्थिर छ,” उनले भने,“कोरोनाका महामारीको अवधिमा समेत भारतीय बैंकहरुले आफ्नो क्षमता कायम राखेको अवस्था छ ।”

आरबीआईले अगस्ट ६ गते जारी गरेको नीतिगत समिक्षामा रिपो दरमा कुनै परिवर्तन गरेको थिएन । केन्द्रीय बैंकले यो भन्दा अघि पोलिसी दरमा १.१५ प्रतिशतले घटाइसकेको थियो ।

अहिलेको अवस्थामा रिपो दर ४, रिभर्स रिपो ३.३५, एमसीएफ दर ४.२५ प्रतिशत कायम भएको छ । रिजर्भ बैंकले कोरोना महामारीको अवधिमा सर्वसाधारणको राहत दिनको लागि सुनको मूल्यको ९० प्रतिशतसम्म दिने व्यवस्था ग¥यो । यो भन्दा अघि यस्तो व्यवस्था ७५ प्रतिशत मात्र थियो ।

कोरोना भाइरस नियन्त्रणपछि अर्थतन्त्र सबलीकरणका लागि सावधानीपूर्वक अघि बढ्नुपर्ने गभर्नर दासको भनाई छ । आरबीआईले गरेका पछिल्ला व्यवस्थाहरु लामो समयसम्म जाँदैनन् भनेर नबुझ्न समेत उनले अनुरोध गरे । अहिलेको अवस्थाको विषयमा स्पष्ट हुने वित्तिकै आरबीआईले मूल्य वृद्धि तथा आर्थिक वृद्धिको सन्दर्भमा आफ्ना पूर्वानुमान गर्न सुरु गर्ने समेत उनले बताए ।

अहिलेको अवस्थामा बैंकिङ क्षेत्र सबल र स्थिर रहेको छ । सार्वजनिक क्षेत्रका बैंकहरुलाई एकीकरण गर्ने काम पनि सही साबित भएको छ । “बैंकको आकार जरुरी हुन्छ, तर, दक्षता भनेको यो भन्दा धेरै महत्वपुर्ण हुन्छ,” दासले भने । बैंक वित्तीय संस्था परिस्थिति अनुसार स्ट«ेसमा रहनु सामान्य भएपनि त्यसलाई कसरी सामना गर्छन् भन्ने कुराले धेरै महत्व राख्ने उनको भनाई छ । गभर्नर दासको शुक्रबारको भनाइले भारतीय रुपैयाँ समेत थप बलियो भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।