सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्यो

0
Shares

सुनको भाउ फेरि बढ्न थालेको छ । आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ ९७ हजार २०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १ हजार ३४० रुपैयाँ तोकेको छ ।

गत शुक्रबार छापावाल सुन ९६ हजार ९०० रुपैयाँ, तेजावी सुन ९६ हजार ४०० रुपैयाँ तथा चाँदीको भाउ पनि १ हजार ३४० रुपैयाँ तोकिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।