आइतबारका लागि शेयर कारोबारको अवधि २ घण्टा थपियो

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारको लागि शेयर कारोबारको लागि समय थपेको छ ।

नेप्सेले ३ बजेर १५ मिनेट देखि ५ बजेर १५ मिनेटसम्म कारोबार समय थपेको हो ।

नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको थियो ।

टीएमएसमा समस्या, एक पटक राखेको अर्डर धेरै पटक कारोबार, खातामा नभएको शेयर पनि बेचियो

टिएमएसमा केही प्रावधिक समस्या देखा परेपछि नेप्सेले केहिसमयका लागि आजको कारोबार स्थगित गरेको थियो। । समस्याको पहिचान र समाधान भएकाले कारोबार पुनस् सुचारु गर्न लागेको नेप्सेले जनाएको छ । नेप्सेको टिएमएसमा समस्या आएपछि एक घण्टा कारोबार भएपछि स्थगित गरिएको थियो ।

टिएमएसमा समस्या आएपछि शेयर कारोबार स्थगित

आइतबार बिहान भएको शेयर कारोबारका सम्बन्धमा भने नेप्सेको कारोबार शाखाले अध्ययन गरेर अर्डर धेरै पटक प्लेस भएका कारोबारको सूची बनाए पछि थप निर्णय गर्ने साउदले बताए । उनका अनुसार धेरै ब्रोकर तथा लगानीकर्ताबाट नराखेको अर्डर तथा प्रणाली नचल्दा पटक पटक राखिएका अर्डरको कारोबार भएको गुनासो आएको छ । सबै विबरण कारोबार शाखाले तयार गरे पछि सोमबार अर्को निर्णय गरिने साउदले बताए ।

बजार खुलेको एक घण्टाको अवधिमो नेप्से सूचक ११ अंक बढीले घटेर १४४६।२४ अंकमा झरेको छ । यसअवधिमा १५६ कम्पनीको १० लाख बढी कित्ता साढे ४६ करोड बराबरमा किनबेच भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भदौ २०७७, आइतबार  १५ : १२ बजे