ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिफल घोषणा

0
Shares

ग्लोबल आइएमई क्यापिटल अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना १ ले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ।

समुन्नत योजनाले ४ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भदौ २०७७, सोमबार  ११ : ०६ बजे