सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो


पछिल्लो केहि दिन यता लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० तोकिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भदौ २०७७, बुधबार ११ : २० बजे