मेरो शेयरको पोर्टफोलियो सेवा सुचारु

0
Shares

मेरो शेयरको पोर्टफोलियो सुविधा आजबाट पुनः सुचारु भएको छ ।

केन्द्रीय निक्षेप प्रणाली अर्थात सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको मेरो शेयरमा रहेको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा गत बुधबारदेखि अवरुद्ध भएको थियो ।

मेरो शेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ्ग मूल्य प्राप्त हुन नसकेपछि यसको सुधारका लािग सिडिएससीले पोर्टफोलियो सुविधा बन्द गरेको थियो । सो समस्या समाधान भएपछि सेवा सुचारु गरिएको हो ।

पोर्टफोलियो सुविधा बन्द हुँदा लगानीकर्ताले मेरो शेयर मार्फत रियल टाइम पोर्टफोलियो हेर्नबाट बञ्चित भइरहेका थिए ।

‘माई पोर्टफोलियो’ बाहेक मेरो शेयरमा व्यक्तिगत विवरण, शेयरको मौज्दात, कारोबारको इतिहास, रोक्का रहेको शेयर, बैंक खाता अद्यावधिक विवरण, जारी रहेका धितोपत्र (माई आश्वा), शेयर खरीद स्रोत, र इडिआइएस लगायतका सुविधा रहेका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।