सुनको मूल्यमा लगातार पाँच कारोबार दिन गिरावट, आइतबार कति तोकियो भाउ ?

0
Shares

साउन २३ गते शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेर तीब्र उतार चढाव आइरहेको सुनको भाउमा पछिल्लो पाँच दिनयता निरन्तर गिरावट आएको छ । यस पाँच कारोबार दिनमा सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेको छ ।

भदौ १५ गते सोमबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ १६ गते १००, १७ गते २००, १८ गते ७००, १९ गते १०० रुपैयाँ र आज आइतबार ३०० रुपैयाँले भाउ सस्तिएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार भदौ २१ गते आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भदौ २०७७, आइतबार  ११ : ४६ बजे