आरएमडिसी लघुवित्तले बोनस तथा नगद गरी कूल २० प्रतिशत लाभांश दिने

0
Shares

आरएमडिसी लघुवित्त (RMDC) ले गत आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले अघिल्लो आवको तुलनामा पाँच प्रतिशतले लाभांश घटाएको छ ।

लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले कुल १७ करोड ९८ लाख ६४ हजार बराबरको लाभां वितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष भने लाभांश दर घटाएको हो।
हाल ८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी एक अर्ब ३ करोड रुपैयाँ पूग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भदौ २०७७, सोमबार  १० : ४३ बजे