व्यक्तिगत आबधिक कर्जाको ब्याजदर परिर्वतन गर्न नपाइने

0
Shares

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आबधिक कर्जाको ब्याजदर परिर्वतन गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दे यस्तो व्यवस्था गरेको हो। 

राष्ट्र बैंकका अनुसार एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नु पर्नेछ ।

यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।

तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा, गाडी कर्जा लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका एकवर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने छ ।

यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रयमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकिकरण वा पुनरसंरचना नमानिने राष्ट्र बैंकले प्रष्ट पारेको छ । कर्जा अबधी भर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागी तोकिने स्थीर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नु व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।