नेपाली बैंकका विदेशी साझेदारहरुको सम्बन्धमा राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

0
Shares

नेपाल राष्ट्र बैंकले नेपाली बैंकका विदेशी साझेदारहरुको विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराउनुपर्ने व्यवस्था गरेको छ ।

मंगलबार एकीकृत निर्देशिका जारी गर्दै इजाजतपत्र प्राप्त संस्थाको शेयर धारण गर्ने फर्मर कम्पनी र संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिन भित्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा अभिलेखीकरण गर्नु पर्ने नयाँ व्यवस्था गरेको हो ।

तर, यसरी शेयर धारण गर्ने संस्था विदेशी इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्था भएमा सोही संस्थाको विवरण अभिलेखीकरण गर्नु पर्नेछ ।

यस्तै राष्ट्र बैंकले विदेशी धितो/सुरक्षणमा कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ इजाजतपत्र प्राप्त संस्थाले हक कायम गर्न नसकिने किसिमको विदेशमा रहेको धितो/सुरक्षणमा कर्जा प्रवाह गर्न पाइने छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।