कालोसूचीमा परेका ऋणीहरुको नागरिकता नम्बर र प्यान नम्बर सहित सार्वजनिक गर्नुपर्ने

0
Shares

के तपाइले बैंक तथा वित्तीय संस्थामा कर्जा लिएर भुक्तानी नगर्ने गर्नुभएको छ ? यसरी कर्जा लिएर नतिर्ने ऋणीहरुको अब व्यक्तिगत ऋणी भए नागरिक नम्बर र संस्थागत ऋणी भए प्यान नम्बर सहित सार्वजनिक गरिने भएको छ।

सर्वसाधारणको निक्षेप रहेको बैंकबाट कर्जा लिई ऋणी नतिर्ने क्रम बढेपछि केन्द्रीय बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई समेटेर मंगलबार जारी गरेको एकीकृत निर्देशन मार्फत यस्तो निर्देशन दिएको हो ।

यसअघि तीनपुस्ते विवरण र संस्थाको हकमा सञ्चालकको विवरण मात्र प्रकाशित हुँदै आएकोमा अब आर्थिक वर्षको असार र पुस मसान्तभित्र एक करोड रुपैयाँभन्दा बढी रकम ऋण तिर्न बाँकी रहेकाको सूची साउन र माघ महिनाभित्र सार्वजनिक गर्नुपर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कालोसूचिका ऋणीहरुको विवरण कर्जा सूचना केन्द्रमा उपलब्भध गराउनुपर्ने र केन्द्रले प्रत्येक वर्षको साउन र माघ महिनामा गरी दुई पटक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न गत साउनमा जारी गरेको एकीकृत निर्देशन संशोधन गरेको हो ।

यसरी कालोसूचीका समावेश गरिएको व्यक्ति तथा संस्थाहरुको अद्यावधिक विवरण बैंक तथा वित्तीय संस्था नियमन विभाग, सुपरिवेक्षण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डलाई समेत उपलब्ध गराउन निर्देशन दिइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।